Skip to content
चितवनमा आयोजित ‘चितवन अटो शो २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
अटोमोबाइल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ सञ्चालित यस मेलाले आर्थिक र व्यावसायिक रूपमा ठूलो सफलता प्राप्त गरेको छ।

मेलाका संयोजक राजन पियाका अनुसार, प्रदर्शनीका क्रममा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने ३ सयभन्दा धेरै सवारी साधनहरू बिक्री भएका छन्।
चितवन अटोमोबाइल एसोसिएसन र डिलर्स एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको यस शोलाई ८,५०० भन्दा बढी दर्शकहरूले अवलोकन गरेका थिए।
Post Views: 7