Skip to content
यामाहा नेपालले बुढानीलकण्ठको गणेश चोकमा आफ्नो १०३औँ ‘थ्रि एस’ शोरुम ‘व्हिलिश ग्यालोर प्रा.लि.’ सञ्चालनमा ल्याएको छ।
बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले एक विशेष समारोहका बीच यस नयाँ शोरुमको उद्घाटन गर्नुभएको हो।
यस शोरुममा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टसका सबै सुविधाहरू एउटै छानामुनि उपलब्ध गराइएको छ।

कार्यक्रममा बुढानीलकण्ठका मेयर, उपमेयर र एमएडब्लू राइड्सका सीईओ दीपक कुमार अग्रवाल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
दक्ष जनशक्ति र आधुनिक पूर्वाधार रहेको यस शाखाले स्थानीय ग्राहकहरूलाई गुणस्तरीय र भरपर्दो सेवा दिने लक्ष्य राखेको छ।
शोरुमका सञ्चालक भुवेश खड्काले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने बताउनुभयो, जहाँ उहाँका १०६ वर्षीय हजुरबुवाको समेत उपस्थिति रहेको थियो।
Post Views: 11