सिएफ मोटोको मनसुन केयर क्याम्प

सिएफ मोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले वर्षायामलाई लक्षित गरी विशेष ‘मनसुन केयर क्याम्प’ सञ्चालन गरिरहेको छ।

बैशाख २० गतेदेखि सुरु भएको यो क्याम्प बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ, जसको उद्देश्य वर्षाको समयमा सवारी साधनलाई सुरक्षित र भरपर्दो बनाउनु हो।

क्याम्प अवधिभर ग्राहकले रेगुलर पार्ट्समा १० प्रतिशत, बडी पार्ट्समा २० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशतसम्मको भारी छुट पाउनेछन्।

यसका साथै लुब्रिकेन्टमा ५ प्रतिशत छुट र निःशुल्क बाइक वासको सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

वर्षा याम सुरु हुनुअघि मोटरसाइकलको अवस्था जाँच गरी सुरक्षित यात्रा सुनिश्चित गर्न यो अभियान एउटा उत्कृष्ट अवसर हो।

ऋषि ट्रेड सेन्टरले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई तोकिएको समयभित्रै सेवा केन्द्रमा उपस्थित भई यो आकर्षक अफरको लाभ लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *