चितवन अटो शो सोमबार सकिँदै

चितवनमा जारी दोस्रो संस्करणको अटो शो आज सोमबार सम्पन्न हुँदैछ, जहाँ शनिबारसम्म दर्शकहरूको निकै उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएका छन्।

मेलाका संयोजक राजन पियाका अनुसार काठमाडौँ बाहिर पनि अन्तर्राष्ट्रिय स्तरको अटो शो भव्य रूपमा आयोजना गर्न सकिन्छ भन्ने कुरा यस कार्यक्रमले पुष्टि गरेको छ।

चार दिनको अवधिमा कार (चार पाँग्रे) तर्फ १२६ वटा र दुई पाँग्रे सवारीतर्फ ९१ वटा बुकिङ भएका छन्, जसले बजारमा सकारात्मक सन्देश दिएको छ।

त्यसैगरी, माइक्रो तथा कमर्सियल गाडीतर्फ पनि ४६ वटा बुकिङ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

मेलामा चार पाँग्रे, दुई पाँग्रे, बैंक, इन्स्योरेन्स र हेभी इक्विपमेन्ट लगायतका विभिन्न स्टलहरूमा अवलोकनकर्ताहरूको विशेष आकर्षण देखिएको छ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा सञ्चालित यस मेलाले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *