चितवन अटो शोमा उत्साहजनक सहभागिता

भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको ‘चितवन अटो शो २०२६’ को दोस्रो संस्करणमा दर्शक र ग्राहकको उत्साहजनक उपस्थिति रहेको छ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोवाइल्स एसोसिएसनको संयुक्त आयोजनामा वैशाख १७ देखि सुरु भएको यस मेलामा नेपालमा उपलब्ध प्रायः सबै सवारी ब्रान्डहरूको प्रदर्शनी गरिएको छ।

मेलामा गाडीका साथै बैंक र इन्स्योरेन्सका स्टलहरू समेत रहेकाले ग्राहकहरूले ‘अन द स्पट’ फाइनान्स र बिमा सुविधा प्राप्त गरिरहेका छन्।

आर्थिक मन्दीका बाबजुद अटो शोमा नयाँ प्रविधि, विशेष छुट र आकर्षक स्किमका कारण सवारी साधनहरूको बुकिङ राम्रो देखिएको छ, जसले बजारमा सकारात्मक ऊर्जा थपेको छ।

चितवनलाई देशकै प्रमुख अटोमोबाइल हबका रूपमा विकास गर्ने उद्देश्यले आयोजित यस मेलालाई स्थानीय निकाय र उद्योग वाणिज्य संघहरूले समेत विशेष सहयोग गरेका छन्।

दुईवटा अटो एसोसिएसनको एकता र सहकार्यले यस पटकको मेलालाई अझ भव्य र व्यवस्थित बनाएको आयोजकको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *