नियम मिच्ने चालकमाथि ट्राफिकको कडाइ

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेहरू विरुद्धको कारबाहीलाई तीव्र पारेको छ।

पछिल्लो २४ घण्टामा मात्रै नियम मिच्ने २ हजार ९३ जना चालकहरू कारबाहीमा परेका छन्।

यस कारबाहीबाट एकैदिन करिब २० लाख रुपैयाँ (१९ लाख ९९ हजार ५०२ रुपैयाँ) राजस्व संकलन भएको छ।

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गर्ने ६५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने २२५ जना, ट्राफिक संकेत नमान्ने १३७ जना र तीव्र गतिमा सवारी चलाउने १५३ जना रहेका छन्।

यसका साथै लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा हर्न बजाउने र फुटपाथमा पार्किङ गर्नेहरूलाई पनि ट्राफिक प्रहरीले जरिवाना गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *