पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ।

नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ।

डिजेल र मट्टितेलको मूल्य उल्लेख्य घटे पनि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने बढाइएको छ।

एलपी ग्याँसमा प्रतिसिलिन्डर १५० रुपैयाँ वृद्धि भएसँगै अब पूर्ण सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ।

मूल्य समायोजनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल प्रतिलिटर २२५ रुपैयाँ कायम भएको छ।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ४६ डलरले वृद्धि गरिएको छ।

यस मूल्य फेरबदलपछि पनि निगमलाई १५ दिनमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *