फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले वैशाख १७ देखि २१ सम्म भरतपुरमा हुने ‘चितवन अटोशो २०२६’ मा आफ्ना विभिन्न कमर्शियल गाडीहरू प्रदर्शन गर्दैछ।
कम्पनीले आफ्ना ईभी भ्यान, टीएमवान र पिकअप गाडीहरूमा मेला लक्षित विशेष प्याकेज र भारी छुटका योजनाहरू सार्वजनिक गरेको छ।
फोटोनका ईभी भ्यान खरिद गर्ने ग्राहकले फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्चको एलईडी टिभी, र नगद बोनस जस्ता आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।
व्यवसायीहरूलाई लक्षित गर्दै फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको विशेष सुविधा समेत उपलब्ध गराइएको छ।
विभिन्न मोडलका गाडीहरूमा दिइने वास्तविक नगद छुट भने स्टलमै पुग्ने आगन्तुकहरूका लागि सरप्राइजको रूपमा घोषणा गरिने कम्पनीले जनाएको छ।
ग्राहकले एमएडब्लू वृद्धिको देशभर रहेका १७१ भन्दा बढी चार्जिङ स्टेशन र बलियो सर्भिस नेटवर्कको भरोसा पाउनेछन्।
चीनको नम्बर १ कमर्शियल ब्रान्ड फोटोनले यस मेला मार्फत चितवनका उद्यमी र व्यवसायीहरूलाई आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने लक्ष्य राखेको छ।