इनड्राइभ चालकलाई ईभी र स्कुटर

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई भव्य पुरस्कार हस्तान्तरण गरेको छ।

काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच ड्राइभर पार्टनरहरूलाई पुरस्कार वितरण गरिएको हो।

सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते अभियानको मुख्य उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने र निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्नु थियो।

मुख्य विजेताहरू र पुरस्कार

यस अभियान अन्तर्गत विधागत रूपमा निम्न चालकहरूले ग्रान्ड पुरस्कार प्राप्त गरेका छन्:

  • टाटा एक्सप्रेस-टी ईभी (क्याब वर्ग): श्री पेषल बुढाथोकी

  • याडिया भिलक्स ई-स्कुटर (मोटो वर्ग): श्री साम्देन तामाङ र श्री सरोज खतिवडा

ग्रान्ड पुरस्कारका साथै, अभियानभर १६ जनालाई सामसुङ ग्यालेक्सी A15 स्मार्टफोन४ जनालाई स्टेकेसन प्याकेज समेत प्रदान गरिएको थियो।

विजेताहरूको अनुभव

क्याब विजेता पेषल बुढाथोकीले ईभी प्राप्त गर्दा आफूलाई आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा मिलेको बताउनुभयो।

त्यस्तै, बाइक विजेता सरोज खतिवडाले यो उपलब्धि आफ्नो र परिवारका लागि खुसीको क्षण भएको उल्लेख गर्नुभयो।

थप राहत प्याकेजको घोषणा

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै चालकहरूको हितमा नयाँ कार्यक्रमको समेत जानकारी दिनुभयो।

उहाँका अनुसार:

  • बढ्दो सञ्चालन खर्चलाई ध्यानमा राख्दै २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम सुरु गरिएको छ।

  • यो सहयोग २०२६ अप्रिल १५ देखि लागू भइसकेको छ, जसले सक्रिय चालकहरूलाई आर्थिक राहत प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *