Skip to content
काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट मात्रै यात्रुवाहक सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीहरूलाई अन्तिम ३ दिनको समय दिएको छ।
महानगरले लामो तथा छोटो दुरीका बसहरू एकीकृत प्रणालीमा ल्याउन चैत २५ गते नै सूचना जारी गरे पनि केही कम्पनीले अवज्ञा गरेपछि यस्तो निर्णय गरिएको हो।
विशेषगरी धादिङतर्फ चल्ने कम्पनीहरूले सूचना पालना नगरेको भन्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले नियमनका लागि प्रहरीसँग समन्वय गर्न निर्देशन दिनुभएको छ।

नयाँ बसपार्क बाहिरै पार्किङ गर्ने र यात्रु चढाउने प्रवृत्तिका कारण काठमाडौँको सवारी व्यवस्थापनमा ठूलो चुनौती थपिएको बैठकमा जानकारी दिइयो।
हाल दैनिक औसत ७०० गाडी काठमाडौँबाट बाहिरिने गरेकोमा करिब आधा गाडीहरू बसपार्क बाहिरैबाट असुरक्षित रूपमा सञ्चालन भइरहेका छन्।
नयाँ बसपार्क १६१ रोपनीमा फैलिएको छ, जहाँ ७५० वटा गाडी सहजै व्यवस्थापन गर्न सकिने क्षमता रहेको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले जनाएको छ।
अबको ३ दिनभित्र पनि एकीकृत प्रणालीमा नआउने सवारी साधन र कम्पनीहरूमाथि महानगरले कडा कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।
Post Views: 10