Skip to content
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै जारी गरेको नयाँ स्मार्ट लाइसेन्स अन्तर्राष्ट्रिय ‘आईएसओ’ मापदण्ड अनुसारको र बढी सुरक्षित रहेको जनाएको छ।
विगतको चिप प्रविधि प्रभावकारी नभएपछि सरकारले अहिले इन्टरनेट बिना नै स्क्यान गर्न मिल्ने उच्च सुरक्षासहितको ‘क्यूआर कोड’ प्रणाली अपनाएको हो।
यो नयाँ लाइसेन्समा सामान्य आँखाले देखिनेदेखि प्रयोगशालामा मात्र परीक्षण गर्न सकिनेसम्मका ३९ वटा फरक-फरक सुरक्षा विशेषताहरू राखिएका छन्।

तथ्याङ्क चुहावट नहुने गरी ‘अफलाइन’ ढाँचामा तयार पारिएको यो कार्डलाई नक्कली बनाउन असम्भव रहेको मन्त्रालयको दाबी छ।
लाइसेन्स स्वदेशमै छाप्न सुरु गरेपछि विदेशी मुद्रा बचत हुनुका साथै आगामी दिनमा राहदानी र अन्तःशुल्क स्टिकर समेत नेपालमै छाप्ने आधार तयार भएको छ।
अहिले ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिने व्यवस्था मिलाइएको छ भने पुराना सबै बाँकी लाइसेन्स असार मसान्तसम्म छापिसकिनेछ।
यस प्रणालीले ट्राफिक प्रहरीलाई सडकमै तत्काल चालकको आधिकारिकता जाँच गर्न सहज बनाउने विश्वास लिइएको छ।
Post Views: 10