साउनमा नेपाल मोबिलिटी एक्स्पो हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६ देखि ३१ गतेसम्म ‘मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ।

एक्स्पोको दोस्रो संस्करणका लागि नाइमाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल बुक गरिसकेको छ।

एसोसिएसनले कार्यक्रम व्यवस्थापन, पूर्वाधार र लजिस्टिक सेवाका लागि इच्छुक कम्पनीहरूबाट आवेदन आह्वान गरेको छ।

यस प्रदर्शनीमा सहभागी हुन चाहने व्यवस्थापन कम्पनीहरूले वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

एक्स्पोमा अटोमोबाइल क्षेत्रका विभिन्न प्रख्यात ब्रान्डहरूले आफ्ना उत्पादन र सेवाहरूको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

अटोमोबाइल आयातकर्ता र उत्पादकहरूको साझा संस्थाले यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी थालेको छ।

यस मेलाले नेपाली अटो बजारमा नयाँ प्रविधि र सवारीसाधनका बारेमा जानकारी दिने एउटा महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *