Skip to content
हवाई इन्धनको मूल्य अत्यधिक बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएको छ।
नेपाल आयल निगमले इन्धनको भाउ लिटरमै १२४ रुपैयाँ बढाएपछि हवाई भाडा महँगो भई यात्रुको संख्या घटेको हो।
भाडा बढेका कारण बुद्ध, यती र श्री एयरलाइन्सले हालसम्म करोडौँ रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ।
आर्थिक भार कम गर्न कम्पनीहरूले उडान संख्या घटाउने र केही उडानहरूलाई आपसमा गाभ्ने (मर्ज) काम गरिरहेका छन्।

विदेशी पर्यटकले डलरमा भाडा तिर्ने हुँदा पोखरा बाहेक अन्य गन्तव्यमा अहिले नाफा कमाउन कठिन भएको व्यवसायीहरूको भनाइ छ।
व्यवसाय जोगाउनका लागि कम्पनीहरूले कर्मचारीको सेवा सुविधा कटौती गर्ने र आन्तरिक खर्च घटाउने योजना बनाइरहेका छन्।
संकटको यस समयमा सरकारले जिम्मेवार भएर व्यवसायीहरूलाई राहत दिने खालको निर्णय गरिदिन उनीहरूले माग गरेका छन्।
Post Views: 10