नागढुंगा सुरुङमार्ग एक सातामा खुल्ने

नागढुंगा-नौबिसे सुरुङमार्गमा आगामी वैशाख २० गतेभित्र परीक्षणका रूपमा सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

आयोजनाले सुरुङमार्ग सञ्चालन र मर्मतका लागि ‘युक्सिन-एआरटी जेभी’ कम्पनीसँग यसै साता सम्झौता गर्दैछ।

सुरुमा परीक्षण अवधिको रूपमा दिउँसोको समयमा सीमित सवारीसाधन मात्र चल्न दिइने आयोजनाले जनाएको छ।

चिनियाँ कम्पनीले सञ्चालनका लागि सुरुमा आफ्नै दक्ष जनशक्ति ल्याउने र नेपाली कामदारलाई तालिम दिनेछ।

सुरुङमार्गमा शुल्क उठाउनका लागि निर्माण भइरहेको टोल प्लाजाको काम पनि अहिले अन्तिम चरणमा पुगेको छ।

व्यावसायिक रूपमा भने आगामी साउनदेखि मात्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यस सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *