Skip to content
भरतपुरमा आगामी वैशाख १७ देखि २१ गतेसम्म आयोजना हुने ‘चितवन अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरिएको छ।
चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनले संयुक्त रूपमा यो वृहत प्रदर्शनीको आयोजना गर्न लागेका हुन्।
भरतपुरस्थित प्रदर्शनी केन्द्रको ५० हजार स्क्वायर फिटमा फैलिएको अत्याधुनिक वातानुकुलित हलमा यो कार्यक्रम सञ्चालन हुनेछ।

प्रदर्शनीमा नेपालमा उपलब्ध दुई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी सवारी साधनका साथै बैंक तथा बीमा कम्पनीका करिब १०० स्टल रहनेछन्।
कार्यक्रम संयोजक राजन पियाका अनुसार अटोमोबाइल क्षेत्रका नयाँ प्रविधिबारे जानकारी लिन यो शो एक महत्वपूर्ण माध्यम बन्नेछ।
आयोजकले व्यवसायीहरूलाई समयमै स्टल सुरक्षित गरी आफ्नो व्यवसाय प्रवर्द्धन गर्न र अफरहरू सार्वजनिक गर्न आह्वान गरेका छन्।
यस अटो शोले सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन र उपभोक्तालाई आधुनिक प्रविधिसँग जोड्न मद्दत गर्ने विश्वास लिइएको छ।
Post Views: 49