Skip to content
बुल मसिनको आधिकारिक बिक्रेता अटोवेज प्रालिले सार्क क्षेत्रकै ‘बेस्ट डिलर अफ द इयर’ अवार्ड जितेको छ।
कम्पनीले २०२५-२६ का लागि निर्माण तथा हेभी इक्विपमेन्टको उत्कृष्ट बिक्री र सेवाका आधारमा यो सम्मान पाएको हो।
बजार व्यवस्थापन र बिक्रीपछिको गुणस्तरीय सेवामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै अटोवेजलाई पुरस्कृत गरिएको हो।

प्रबन्ध निर्देशक नारायण पौडेलले यो सफलतालाई ग्राहकको विश्वास र टिमको कडा मेहनतको प्रतिफल भएको बताएका छन्।
उनले यो ऐतिहासिक उपलब्धिका लागि सबै कर्मचारी, ग्राहक र सहयोगीहरूलाई हृदयदेखि धन्यवाद समेत दिएका छन्।
अटोवेजले नेपालमा सवारी साधन र हेभी मेसिनरी वितरणमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
नेपाली बजारमा बुल मसिनका लोडर र ब्याकहोल लोडरहरू पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन्।
Post Views: 13