Skip to content
काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा हिजोदेखि उपत्यकामा रात्रिकालीन विद्युतीय बससेवा सञ्चालनमा ल्याएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले हिजो साँझ ७ बजे पुल्चोकबाट यो सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो।
अहिले पहिलो चरणमा लगनखेल–बूढानीलकण्ठ र थानकोट–एयरपोर्ट गरी दुईवटा मुख्य रुटमा बसहरू सञ्चालन भइरहेका छन्।
यी रुटहरूमा यात्रुले मुख्य अस्पतालहरू, सरकारी कार्यालय र व्यस्त बजार क्षेत्र समेट्दै राति ११ बजेसम्म यात्रा गर्न पाउनेछन्।

हरेक २० मिनेटको अन्तरमा छुट्ने यी बसहरूमा सुरक्षाका लागि सिसिटिभी क्यामरा र नगरप्रहरीको समेत व्यवस्था गरिएको छ।
बेलुका ८ बजेपछि यातायात नपाउँदा महँगो शुल्क तिर्नुपर्ने र सुरक्षाको जोखिम मोल्नुपर्ने समस्या हटाउन यो सेवा थालिएको हो।
विशेष गरी रात्रिकालीन समयमा काम गर्ने कर्मचारी, विद्यार्थी र महिलाहरूका लागि यो सेवा निकै उपयोगी र भरपर्दो हुने विश्वास लिइएको छ।
Post Views: 29