Skip to content
भल्वो र आइसरको संयुक्त कम्पनी भीईसीभीले आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट सवारी बिक्री गरी नयाँ रेकर्ड कायम गरेको छ।
कम्पनीको इतिहासमै यो सबैभन्दा उच्च वार्षिक बिक्री हो, जसमा मार्च महिनामा मात्रै २०.८ प्रतिशतको वृद्धि देखिएको छ।
यस उपलब्धिले भल्वोको अत्याधुनिक प्रविधि र आइसरको बजार व्यवस्थापनको सफल साझेदारीलाई पुष्टि गरेको छ।
बिक्री भएका सवारी साधनहरूमध्ये लाइट र मिडियम ड्युटी ट्रकको हिस्सा सबैभन्दा बढी अर्थात् ४६.१ प्रतिशत रहेको छ।

कम्पनीले यस अवधिमा करिब २७ हजार हेभी ड्युटी ट्रक र १९ हजारभन्दा बढी बसहरू बिक्री गर्न सफल भएको छ।
भीईसीभीले इन्धन दक्षता र उत्कृष्ट ग्राहक सेवाका कारण व्यावसायिक सवारी बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ।
नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लुले यो ऐतिहासिक सफलतामा गर्व गर्दै नेपालको यातायात क्षेत्रमा थप सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।
Post Views: 123