Skip to content
निसान नेपालले नयाँ वर्षको अवसरमा ‘न्यू इयर, न्यू बिगिनिङ्स, न्यू ड्राइभ’ नामक विशेष योजना ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट एसयूभी प्रतिदिन मात्र ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्।
नयाँ वर्षको अफरमा १ लाख रुपैयाँसम्म नगद छुट र २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ।

यसका साथै खरिदकर्ताले एक वर्षको बीमा र चालु आर्थिक वर्षको सडक कर सुविधा समेत प्राप्त गर्नेछन्।
निसान म्याग्नाइट ५-स्टार सुरक्षा रेटिङ र २०५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका कारण नेपाली बजारमा लोकप्रिय छ।
गाडीमा ६ वटा एयरब्याग, हिल स्टार्ट असिस्ट र रियर पार्किङ क्यामेरा जस्ता आधुनिक सुरक्षा सुविधाहरू उपलब्ध छन्।
यो सीमित अवधिको योजना नेपालभरका सबै आधिकारिक निसान शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।
Post Views: 52