Skip to content
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुबाहक सवारीसाधनको भाडा बढाएको छ, जुन आजैदेखि लागू भएको छ।
अब उपत्यकामा सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँबाट बढेर २४ रुपैयाँ कायम गरिएको छ।
उपत्यका बाहिर चल्ने बसको भाडामा १७.३५ प्रतिशत र मालवाहक सवारीको भाडामा २६.७९ प्रतिशतले वृद्धि गरिएको छ।

ट्याक्सीको भाडा पनि १२.३९ प्रतिशतले बढेको छ, जसअनुसार अब ट्याक्सी चढ्नेबित्तिकै ५८ रुपैयाँ तिर्नुपर्नेछ।
इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण सरकारले भाडा समायोजन गर्ने निर्णय गरेको हो।
विद्युतीय सवारी साधन (ईभी) को हकमा भने भाडा बढाइएको छैन र पुरानै दर कायम रहनेछ।
लामो दूरीका रुटहरू जस्तै काठमाडौंदेखि जिरी र कुरिनटार जाने बसको भाडा पनि उल्लेख्य रूपमा बढेको छ।
Post Views: 134