मूल्यवृद्धिले निर्माण उद्योग संकटमा

इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण नेपालको निर्माण उद्योग गम्भीर संकटमा परेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार डिजेल, पेट्रोल, सिमेन्ट र डण्डीको भाउ अप्रत्याशित रूपमा बढेको छ।

निर्माण कार्य तीव्र हुने समयमै भएको यो मूल्यवृद्धि र अभावले व्यवसायीहरूलाई ठूलो आर्थिक भार थपेको छ।

महासंघले बढ्दो लागतअनुसार मूल्य समायोजनको मार्गनिर्देशिका तत्काल जारी गर्न सरकारसँग माग गरेको छ।

नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनलाई पूर्वाधारमैत्री बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो।

भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले व्यवसायीका समस्या समाधान गर्न र मूल्य समायोजन गर्न सकारात्मक रहेको बताउनुभएको छ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *