पेट्रोनासको लुब्रिकेन्ट ग्राहक भेटघाट

नेपालका लागि पेट्रोनास लुब्रिकेन्टको आधिकारिक बिक्रेताले सीएनजी थ्री–ह्वीलर चालकहरूका लागि विशेष ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा पेट्रोनासले विशेषगरी ग्याँसबाट चल्ने तीन पाङ्ग्रे सवारीका लागि उपयुक्त लुब्रिकेन्टबारे जानकारी दिएको छ।

कम्पनीले आफ्ना ग्राहकहरूसँग प्रत्यक्ष अन्तक्रिया गर्दै उत्पादनको गुणस्तर र इन्जिनको सुरक्षाबारे प्राविधिक परामर्श समेत प्रदान गर्‍यो।

सीएनजी सवारी साधनका लागि पेट्रोनास लुब्रिकेन्टले इन्जिनको कार्यक्षमता बढाउने र मर्मत खर्च घटाउने दाबी गरिएको छ।

कार्यक्रममा धेरै संख्यामा चालक तथा व्यवसायीहरूको सहभागिता रहेको थियो, जहाँ उनीहरूका जिज्ञासालाई विज्ञहरूले सम्बोधन गरेका थिए।

बिक्रेता कम्पनीले ग्राहकको विश्वास जित्न र बजारमा आफ्नो उपस्थिति बलियो बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

सहभागी चालकहरूलाई उपहार वितरण गर्नुका साथै आगामी दिनमा उत्कृष्ट सेवा दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *