Skip to content
पर्वतको कुश्मा र फलेवास जोड्ने मल्याङ्दीखोला मोटरेबल पुल दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म जम्मा २५ प्रतिशत मात्र काम सकिएको छ।
पुल निर्माण नहुँदा वर्षायाममा सडक ठप्प हुने गरेको छ भने हिउँदमा जोखिम मोलेर खोलाबाटै सवारी चलाउनुपर्छ।

निर्माण व्यवसायीले काम बीचमै छोडेर हिँडेपछि स्थानीय बासिन्दा आवतजावतमा निकै सास्ती भोग्न बाध्य छन्।
निर्माण कम्पनीले भने निर्माण सामग्रीको मूल्य बढेका कारण समयमै काम पूरा गर्न नसकेको दाबी गरेको छ।
पूर्वाधार विकास कार्यालयले भने अब पनि काम सुरु नगरे सम्झौता तोडेर धरौटी जफत गर्ने चेतावनी दिएको छ।
पुलको जग खनेर अव्यवस्थित रूपमा छाडिएकाले आसपासको बस्तीसमेत बाढी र पहिरोको जोखिममा परेको छ।
Post Views: 49