Skip to content
पेट्रोल र डिजेलको मूल्य अत्यधिक बढेपछि नेपालमा विद्युतीय सवारीसाधन (इभी) खोज्ने ग्राहकहरूको संख्या ह्वात्तै बढेको छ।
इन्धनको मूल्य वृद्धिले दैनिक खर्च बढाउने भएपछि धेरै उपभोक्ताहरूले पेट्रोल गाडी छोडेर इभी रोज्न थालेका हुन्।
हाल शोरुमहरूमा ४० देखि ६० लाख रुपैयाँसम्मका विद्युतीय गाडीहरूको माग र सोधपुछ बढी भइरहेको व्यवसायीहरूले बताएका छन्।

बीवाइडी, ओमोडा र हुन्डाई जस्ता ब्राण्डका शोरुमहरूमा नयाँ वर्षको अफरका कारण पनि ग्राहकहरूको चहलपहल बढेको छ।
व्यवसायीहरूले इभीमा लोन–टु–भ्यालु (LTV) रेसियो बढाउन र चार्जिङ पूर्वाधारमा ध्यान दिन सरकारसँग माग गरेका छन्।
पेट्रोल गाडीको माग घटेसँगै ‘रिकन्डिसन हाउस’मा पुराना गाडीहरू थुप्रिन थालेका छन्, जसले एक्सचेन्ज सुबिधामा समस्या पारेको छ।
कतिपय ग्राहकहरू भने आगामी बजेटमा कर घट्न सक्ने अपेक्षा गर्दै नयाँ गाडी किन्न केही समय पर्खिरहेका छन्।
Post Views: 103