करको दर घटाउने मन्त्रीको आश्वासन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी दिनमा करको दर घटाउन चाहेको बताउनुभएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको टोलीसँगको भेटमा उहाँले कर घटाएर राजस्व बढाउने लक्ष्य राखेको उल्लेख गर्नुभयो।

मन्त्री वाग्लेले वर्तमान सरकार निजी क्षेत्रमैत्री भएको र सोहीअनुसारका नीतिहरू ल्याउने आश्वासन दिनुभएको छ।

भेटका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो क्षेत्रलाई प्रवर्द्धन गर्न ३६ बुँदे सुझाव पेस गर्नुभयो।

अटो व्यवसायीहरूले विशेषगरी कच्चा पदार्थ आयातमा भन्सार छुट दिन र बजारलाई चलायमान बनाउन माग गरेका छन्।

अटोमोबाइल क्षेत्र चलायमान हुँदा रोजगारीका अवसरहरू बढ्ने र सरकारी राजस्वमा पनि वृद्धि हुने नाडाको विश्वास छ।

भेटघाटमा नाडाका पूर्व अध्यक्ष करण चौधरी लगायत कार्यसमितिका अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *