इन्धन गाडी अब इभी

सरकारले पेट्रोल र डिजेलबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुन बनाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सवारीलाई इभीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था तयार गर्ने निर्णय गरेको हो।

इन्धनको मूल्य लगातार बढ्दै गएपछि यस्तो कदम चालिएको सरकारले जनाएको छ।

हालसम्म इन्धन गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले समस्या देखिएको थियो।

यसअघि केही समयका लागि रूपान्तरण गर्न छुट दिने निर्णय भए पनि अब स्थायी कानुन बनाउने तयारी गरिएको हो।

तर रूपान्तरणपछि कर, दर्ता, ब्लुबुक र सवारीको आयुजस्ता विषय अझै स्पष्ट नभएको अवस्था छ।

यी सबै विषय मिलाउन यातायात व्यवस्था विभागले मापदण्ड बनाउने काम गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *