अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा कालोपत्र गर्ने काम सुरु गरिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट एकतर्फी रूपमा कालोपत्र सुरु गरिएको हो।
चार किलोमिटर सडक मध्ये पहिलो चरणमा २.५ किलोमिटरमा कालोपत्र गरिनेछ।
काम गर्न रातिको समयमा सवारी आवागमन रोकेर निर्माण भइरहेको बताइएको छ।
चैत ७ देखि २० र चैत २१ देखि ३० गतेसम्म राति सवारी चल्न नदिई काम भइरहेको छ।
यो अवधिमा टिपर र मालवाहक सवारी पूर्ण रूपमा निषेध गरिएको छ।

बाँकी १.५ किलोमिटर सडक दोस्रो चरणमा कालोपत्र गरिने योजना छ।
सडकमा बलियो आधार बनाउन ग्राभेलमाथि सिमेन्ट मिसाएर बेस राखिनेछ र दुई तहमा कालोपत्र गरिनेछ।
पहिले ठेकेदारको ढिलाइका कारण रोकिएको काम नयाँ कम्पनीसँग सम्झौता भएपछि फेरि तीव्र बनाइएको हो।
सी-एन ए-वान काली जेभीसँग ३१ करोड ५६ लाख रुपैयाँमा १४ महिनाभित्र काम सक्ने सम्झौता गरिएको छ।
कालोपत्रपछि सडकको ढलान व्यवस्थापन र अन्य साना काम पनि गरिनेछ।
सात मिटर चौडा बन्ने यो सडकमा पहिरो नियन्त्रणका लागि नयाँ प्रविधि प्रयोग गरिनेछ।
समयमै काम नगरेपछि पुरानो ठेकेदारसँगको सम्झौता रद्द गरिएको थियो।
पहिलेको कम्पनीले समय सकिँदा पनि २५ प्रतिशत काम गर्न नसकेपछि ठेक्का खारेज गरिएको हो।
यो सडक चीनसँग जोडिने तातोपानी नाका तथा दोलखा, रामेछाप जाने मुख्य मार्ग हो।
Post Views: 176