कर्णालीमा ठेक्का तोडिँदै

कर्णाली राजमार्गका वर्षौँदेखि अलपत्र रहेका १० वटा ठेक्का सडक डिभिजन कार्यालयले एकैपटक तोड्ने प्रक्रिया सुरु गरेको छ।

कार्यालयले सूचना निकालेर समयमै काम नगर्ने ६ निर्माण कम्पनीको ठेक्का अन्त्य गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको जानकारी दिएको छ।

दहीखोला–मान्म–नाग्म–जुम्ला खण्ड र कुडारीदेखि कालीकोटसम्मका विभिन्न सडक तथा कल्भर्ट निर्माणका काम समयमा पूरा नभएपछि बारम्बार म्याद थप गर्दा पनि प्रगति नभएकाले ठेक्का तोडिएको बताइएको छ।

बालीघाट क्षेत्र र खुल्लाले–घोडेङ्गा खण्डका मर्मत तथा सुधारका काम पनि तोकिएको समयमा सम्पन्न नभएपछि सम्बन्धित कम्पनीको ठेक्का रद्द गरिएको हो।

नाग्म–गमगडी सडकखण्ड, ताल्चा–रारा क्षेत्र र अन्य सडक सुधारका काममा पनि कम्पनीहरूले पटकपटक ताकेता गर्दा काम नगरेकाले ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ।

यसअघि पनि कालीकोट, मुगु र अन्य सडकखण्डका गरी ४ वटा ठेक्का तोडिसकिएको कार्यालयले जनाएको छ।

निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेकाले सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का अन्त्य गरिएको हो।

सरकारले पनि काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न यस्तो कदम चाल्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *