Skip to content
खोटाङमा भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बित्दा पनि काम सुरु नगर्ने १९ निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ।
२६ योजनाका लागि ठेक्का लिएका ती कम्पनीलाई ७ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिइएको हो।

समयमै काम सुरु नभए वर्षायामका कारण निर्माण प्रभावित हुने र बजेटसमेत फ्रिज हुने जोखिम हुने भन्दै यस्तो कदम चालिएको हो।
कार्यालयले तत्काल काम सुरु गर्न चेतावनी दिँदै अटेर गरे बैंक जमानत जफतसम्मको कारबाही हुने जनाएको छ।
Post Views: 61