हटाउन थाल्यो मापदण्डविपरीत निर्मित संरचना

पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरेको छ।

नेपाल प्रहरीको सहयोगमा महानगरले डोजर प्रयोग गरी सेदीदेखि खपौदीसम्म रहेका ३२ वटा टहरा भत्काएको जनाएको छ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न यो अभियान चलाइएको हो। यसअघि नै ६५ मिटर क्षेत्रभित्र सीमा निर्धारणका लागि पिल्लर गाडिएको थियो।

सरकारले पनि तीन महिनाभित्र फेवाताल अतिक्रमण हटाउने योजना अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *