Skip to content
कर्णाली राजमार्गमा वर्षौँदेखि अलपत्र रहेका १० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ।
सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना निकालेर समयमा काम नगर्ने ६ निर्माण कम्पनीका ठेक्का अन्त्य गर्न लागेको जनाएको छ।
कालीकोट र जुम्ला क्षेत्रका विभिन्न सडक तथा मर्मत कार्यका लागि भएका सम्झौता समयमै पूरा नभएकाले ठेक्का रद्द गर्न लागिएको हो।
धुर्वा निर्माण सेवासँग भएको काम पटकपटक म्याद थप गर्दा पनि पूरा नभएपछि ठेक्का तोडिएको छ।

त्यस्तै, कृष्ण निर्माण सेवाले पनि तोकिएको समयमा काम नगरेकाले उसको ठेक्का पनि रद्द प्रक्रियामा परेको छ।
नाग्म–गमगडी सडकखण्ड र रारा क्षेत्रमा भएका अन्य निर्माण काम पनि समयमा सम्पन्न नभएकाले कारबाही अघि बढाइएको छ।
बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीहरूले काम नगरेपछि यस्तो निर्णय लिनुपरेको कार्यालयले जनाएको छ।
यसअघि पनि कालीकोट, मुगु लगायत क्षेत्रमा रहेका ४ वटा ठेक्का तोडिसकिएको छ।
सार्वजनिक खरिद ऐन अनुसार ठेक्का सम्झौताको सर्त पूरा नगरेकाले ठेक्का अन्त्य गरिएको हो।
सरकारले काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति रोक्न यस्तो कदम चालेको जनाएको छ।
Post Views: 85