नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
यसअघि हवाई इन्धनको मूल्य बढाएको निगमले अब पेट्रोल, डिजेल र मट्टितेलको भाउ पनि बढाएको हो।
नयाँ निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ।
मूल्य वृद्धि भएपछि पेट्रोलको भाउ पहिलोपटक प्रतिलिटर २०० रुपैयाँ नाघेर २०२ रुपैयाँ पुगेको छ।

डिजेल र मट्टितेलको मूल्य पनि बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
भारतबाट बढेर आएको खरिद मूल्यका कारण निगमले ठूलो घाटा बेहोर्नुपरेकाले मूल्य बढाइएको हो।
निगमका अनुसार १५ दिनमै करिब १३ अर्ब रुपैयाँ घाटा हुने अवस्था भएपछि यस्तो निर्णय गरिएको हो।
मूल्य समायोजनपछि पनि पेट्रोल, डिजेल र ग्यासमा निगमलाई अझै घाटा कायम रहेको छ।
यसअघि पनि पेट्रोलको मूल्य १९९ रुपैयाँसम्म पुगेको थियो, तर अहिले पहिलोपटक २०० रुपैयाँ नाघेको हो।
Post Views: 63