पोखराको लेकसाइडमा यही चैत ११ गतेदेखि ‘वाडा अटो शो’ आयोजना हुने भएको छ।
नाडाको प्रस्तुतीमा हुने यस अटो शोको तयारी अन्तिम चरणमा पुगेको जानकारी वाडा अध्यक्ष दिपेन्द्र कोइरालाले दिएका छन्।
यो अटो शो पोखराको बाराही खेल मैदानमा आयोजना हुनेछ र चैत १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २ पाङ्ग्रे र एउटा हेभी कमर्शियल सवारी साधन राखिनेछन्।
त्यसैगरी लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसेसरिज र वित्तीय संस्थाहरूका गरी २० वटा स्टल पनि रहनेछन्।
पुराना गाडीहरू यस अटो शोको विशेष आकर्षण हुने आयोजकले बताएका छन्।
यससँगै रोबोटिक्स प्रविधि पनि प्रदर्शन गरिनेछ।
वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठका अनुसार युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु र चंखे जस्ता रोबोटहरू देखाइनेछन्।
विभिन्न प्रख्यात ब्राण्डका सवारी साधनहरू पनि प्रदर्शनीमा सहभागी हुने उपाध्यक्ष निरन केसीले जानकारी दिएका छन्।
यस अटो शोको उद्देश्य अटो व्यवसायीलाई एउटै ठाउँमा भेला गराई सहज व्यापारिक वातावरण बनाउनु र आन्तरिक पर्यटनलाई सहयोग गर्नु रहेको अध्यक्ष कोइरालाले बताएका छन्।
Post Views: 53