कोलम्बियामा वायुसेनाको विमान दुर्घटना

कोलम्बियामा वायुसेनाको हरक्युलिस सी‑१३० विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ।

यो दुर्घटना दक्षिणी अमेजनको प्यूर्टो लेगुइजामो क्षेत्रमा भएको हो।

उक्त विमानमा ११४ सैनिक र ११ चालक दल सवार थिए।

परेको दुर्घटनामा ३४ सैनिकको मृत्यु भएको पुष्टि भएको छ।

यस्तै, ७० भन्दा बढी सैनिक घाइते भएका छन्।

घटनाप्रति कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले दुःख व्यक्त गरेका छन्।

पेट्रोले भविष्यमा यस्ता दुर्घटना रोक्न सुधार आवश्यक रहेको बताएका छन्।

उहाँले नयाँ हेलिकोप्टर, यातायात विमान र सुरक्षा उपकरण खरिद गर्नुपर्ने बताएका छन्।

हरक्युलिस सी‑१३० विमानलाई विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ।

दुर्घटना सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्ने काममा प्रयोग हुने विमानले गर्दा थप गम्भीर मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *