नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ।
मिति २०८२ चैत ८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले विधान २०७१ (संशोधन सहित) अनुसार पौष २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।
नयाँ कार्यसमितिमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन्।
महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सह–कोषाध्यक्षमा निलमणी पाठक रहेका छन्।
प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दीपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्।
साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह रहेका छन्।
अध्यक्षले दीपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित सदस्यका रूपमा चयन गरेका छन्।
साथै अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूसँग भेटघाट तथा छलफल कार्यक्रम समेत आयोजना गरेका छन्।