Skip to content
काठमाडौंमा यामाहाले नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै मोटरसाइकल बजारमा नयाँ सेग्मेन्टको सुरुवात गरेको छ।
कमलादीस्थित स्काइ टावरमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो बाइकले आधुनिक हाइब्रिड प्रविधि र उत्कृष्ट परफर्मेन्सलाई संयोजन गरेको छ।
कार्यक्रममा इन्फ्लुएन्सर, सञ्चारकर्मी, व्यवसायिक साझेदार, राइडर समुदाय तथा यामाहाका अधिकारीहरूको सहभागिता रहेको थियो।
यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
एफजेड सिरिजमा आधारित यो मोटरसाइकलमा १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनसँग स्मार्ट मोटर असिस्ट प्रविधि जडान गरिएको छ।
हाइब्रिड प्रणालीले छिटो एक्सेलेरेशन, सहज स्टार्ट–स्टप, कम इन्धन खपत र न्यून उत्सर्जन प्रदान गर्ने कम्पनीको दाबी छ।
सहरी आवागमनका लागि उपयुक्त यो बाइकले ६० किमी प्रतिलिटरभन्दा बढी माइलेज दिने बताइएको छ।
१३५ केजी तौल रहेको यस मोटरसाइकलमा सिंगल–च्यानल बोश एबीएस, रियर डिस्क ब्रेक र चौडा रेडियल टायर जस्ता सुरक्षा सुविधाहरू समावेश छन्।
एलईडी हेडलाइट, नेगेटिभ एलसीडी डिस्प्ले, डुअल–लेयर सिट र आधुनिक डिजाइनले बाइकलाई आकर्षक बनाएको छ।
यामाहाले नेपालभर १०० डिलरशिप, ९५ सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायकमार्फत ग्राहकलाई भरपर्दो सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार यो हाइब्रिड मोटरसाइकलले प्रदर्शन, इन्धन बचत र वातावरणमैत्री प्रविधिलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
Post Views: 62