जगदम्बा मोटर्सअन्तर्गतको विद्युतीय सवारी ब्रान्ड प्रोटोन ईमासले ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।
काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा चैत ६, ७ र ८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजार मूल्यभन्दा बढी मूल्यांकन पाउने कम्पनीले जनाएको छ।
‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ नारासहित आयोजना गरिएको योजनाले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यस कार्यक्रमले नेपालमा इभीको भविष्य अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले स्वच्छ वातावरण र प्रविधिमैत्री यातायात प्रवर्द्धनमा कम्पनी प्रतिबद्ध रहेको बताए।
प्रोटोन ईमास–७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स र ४९२ देखि ५८५ किलोमिटर (एनईडीसी) रेन्ज रहेको कम्पनीले जनाएको छ।
४६१५ एमएम लम्बाइ भएको यस गाडीमा आधुनिक सुरक्षा प्रणाली र प्रिमियम डिजाइन समावेश गरिएको छ।
कार्यक्रममार्फत गाडी खरिद गर्ने ग्राहकले नगद छुट, सहज फाइनान्स सुविधा, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमा पाउनेछन्।
साथै बुकिङ गर्ने ग्राहकका लागि विशेष उपहारको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।