Skip to content
पोखरामा आयोजना हुने ‘वाडा अटो शो २०२६’ लाई सिटिजन फर्निचर न्युरोड पोखराले फर्निचर पार्टनरका रूपमा साथ दिएको छ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा चैत ११ देखि १५ गतेसम्म लेकसाइडमा अटो शो सञ्चालन हुनेछ।
प्रायोजन सम्बन्धी सम्झौतामा वाडा अध्यक्ष दीपेन्द्र कोइराला र सिटिजन फर्निचरका प्रबन्ध निर्देशक दीपक कार्कीले हस्ताक्षर गरेका छन्।
अटो शो अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई ‘लक्की ड्र’मार्फत आकर्षक फर्निचर उपहार प्रदान गरिने आयोजकले जनाएको छ।
विश्व अटो बजारमा आएका नयाँ प्रविधि नजिकबाट हेर्ने अवसरका साथै अटो शोमा रोबोटिक्स प्रविधि समेत प्रदर्शनीमा राखिने जानकारी दिइएको छ।
Post Views: 77