महिन्द्राका नयाँ ईभी

महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले पोखरामा दुई नयाँ इलेक्ट्रिक एसयुभी बीई–६ र एक्सईभी ९–ई सार्वजनिक गरेको छ।

बी.बी. इन्कर्पोरेटेडको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा गाडी सार्वजनिक गरिएको हो।

महिन्द्राको ‘इङग्लो’ प्लेटफर्ममा आधारित यी गाडीहरू आधुनिक ‘माइया’ आर्किटेक्चर प्रविधिमा तयार गरिएका छन्।

बीई–६ को सुरुवाती मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी ९–ई को ६९ लाख रुपैयाँ तोकिएको छ भने विभिन्न भेरियन्टका लागि बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ।

नयाँ एसयुभीहरूमा सुरक्षा र प्रविधिलाई प्राथमिकता दिइएको छ।

एक्सईभी ९–ई मा ट्रिपल स्क्रिन डिस्प्ले र एडास लेभल २ प्लस सुरक्षा प्रणाली रहेको छ भने बीई–६ मा डिजिटल ककपिट र एडास लेभल २ सुविधा समावेश गरिएको छ।

अधिकांश भेरियन्टमा १९० किलोवाट क्षमताको शक्तिशाली मोटर रहेको कम्पनीले जनाएको छ।

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले विद्युतीय सवारीतर्फको परिवर्तन दिगो विकास र ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *