हिमपातमा यात्रु उद्धार

भारी हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा फसेका दुई सय २० भन्दा बढी यात्रु उद्धार गरिएको छ।

बागलुङ–पूर्वी रुकुमको सिमाना पातिहाल्ने क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातले सातवटा बस, १० वटा मोटरसाइकल र एक जिपमा रहेका यात्रुलाई सडकमा फसाएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा डोजर प्रयोग गरी करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर मार्ग खुलाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले अब मौसम अनुसार मात्र यात्रा गर्न आग्रह गरेका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तिलक मानन्धरका अनुसार बागलुङ खण्डमा सवारी साधन अवरुद्ध नहुँदै सडक अवस्था बुझेर मात्र यात्रा गर्न सुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *