इभी भ्यान र बस मूल्य

नेपाली बजारमा चिनियाँ ब्रान्डका किटोन भ्यानचेरी वान्डा बसको मूल्य सार्वजनिक गरिएको छ।

शशिला मोटर्स र ओम्नी मोबिलिटीले यी विद्युतीय सवारी बिक्री गर्ने भन्दै आधिकारिक रूपमा मूल्य जानकारी सार्वजनिक गरेका हुन्।

१४ सिट क्षमताको किटोन इभी भ्यानको मूल्य ५३ लाख ५० हजार रुपैयाँ तोकिएको छ, जसमा ५३.५८ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ।

त्यस्तै १६ सिट क्षमताको चेरी वान्डा बसको मूल्य ब्याट्रीअनुसार ५९ लाख ९१ हजारदेखि ६९ लाख ९१ हजार रुपैयाँसम्म रहेको छ।

१९ सिट क्षमताका बसहरूको मूल्य ७५ लाख १ हजारदेखि ७९ लाख रुपैयाँसम्म तोकिएको छ, जसमा उच्च क्षमताका ब्याट्री विकल्प उपलब्ध छन्।

यसैगरी ३३ सिट र ३६ सिट क्षमताका ठूला विद्युतीय बसहरू पनि नेपाल ल्याउने तयारी गरिएको छ, जसको मूल्य क्रमशः १ करोड २५ लाख र १ करोड ७० लाख रुपैयाँ रहनेछ।

यी बसहरूमा ठूलो क्षमताका ब्याट्री प्रयोग गरिएको छ, जसले लामो दूरीमा पनि सञ्चालन गर्न सक्ने क्षमता दिन्छ।

नेपालमा यस्ता ठूला विद्युतीय बस भित्रिएसँगै सार्वजनिक यातायातमा सुधार आउने र वातावरणमैत्री सवारी प्रयोग बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *