भारतले रूसबाट तेल किन्यो

इरान र इजरायलबीचको द्वन्द्वले हर्मुज जलडमरूमध्य मार्ग अवरुद्ध भएपछि भारतले आफ्नो ऊर्जा आपूर्ति सुरक्षित राख्न रूसबाट करिब ३ करोड ब्यारेल कच्चा तेल किन्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लूमबर्ग का अनुसार, इन्डियन आयल कर्पोरेसनरिलायन्स इन्डस्ट्रिजले रूससँग तेल खरिदका लागि सम्झौता गरेका छन् ।

इन्डियन आयलले करिब १ करोड ब्यारेल, रिलायन्सले कम्तीमा १ करोड ब्यारेल तेल खरिद गरेको रिपोर्ट छ ।

रूसी तेल बोकेका केही ट्यांकर जहाजहरूले आफ्नो मार्ग परिवर्तन गरी भारततर्फ आएको तथ्यांकले देखाएको छ ।

पहिले सिंगापुरतर्फ जाने जहाजहरू अहिले भारतीय बन्दरगाहतर्फ लागेका छन् ।

मध्यपूर्व तनावका कारण भारतले साउदी अरब र इराकबाट तेल खरिद कम गर्दै रूसतर्फ फेरि ध्यान दिन थालेको हो ।

हाल भारतले हर्मुज मार्गबाहेक अन्य मार्गबाट आउने तेल आयात करिब ७० प्रतिशत पुर्‍याएको छ ।

यसले ऊर्जा भण्डार बढाउन र आपूर्ति व्यवस्थापनमा विश्वास सुनिश्चित गर्न मद्दत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *