नेपालमा विद्युतीय सवारीप्रति बढ्दो रुचि लक्षित गर्दै सिप्रदी ले टाटा कारका लागि विशेष एक्सचेन्ज योजना घोषणा गरेको छ ।
‘स्विच टु टियागो इभी’ अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।
यो अभियान मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ । जुनसुकै ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गरी आकर्षक सुविधा सहित टियागो इभी किन्न सकिनेछ ।
ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा कार खरिद गर्न सक्ने छन् । यसमा पुरानो सवारीको मूल्याङ्कन, नगद छुट, नि:शुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट उपलब्ध हुनेछन् ।
साथै, आजिवन नि:शुल्क डीसी फास्ट चार्जिङ र होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि कम्पनीले उपलब्ध गराउने बताएको छ ।
यस योजना मार्फत सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहक लाभान्वित हुने विश्वास गरिएको छ ।