स्कोडा कायलाकको बढ्दो विश्वास

दक्षिण एसियाका लागि विशेष रूपमा विकास गरिएको स्कोडा कायलाक एसयूभीले छोटो समयमै ५० हजार चालकको विश्वास जित्न सफल भएको छ।

भारतमा नोभेम्बर २०२४ मा सार्वजनिक भई जनवरी २०२५ देखि डेलिभरी सुरु भएको कायलाकले वास्तविक इन्जिनियरिङ नै सफलताको आधार बन्न सक्छ भन्ने प्रमाणित गरेको छ।

एक वर्षभित्रै ५०,००० युनिट बिक्री पार गर्दै यो दक्षिण एसियामा तीव्र गतिमा लोकप्रिय बन्दै गएको एसयूभीमध्ये एक बनेको छ।

यसको तीव्र सफलताले चालकहरू अझै पनि भरपर्दो र वास्तविक इन्जिनियरिङमा विश्वास गर्छन् भन्ने स्पष्ट सन्देश दिएको छ।

दशकौँदेखि स्कोडा अटो शक्तिशाली पावर, उच्च टर्क र सजीव ड्राइभिङ अनुभवका लागि परिचित छ।

कायलाकलाई दक्षिण एसियाका कठोर अवस्थालाई ध्यानमा राखेर विभिन्न वातावरणमा परीक्षण गरिएको थियो।

तातो मैदान, धुलाम्मे सडक, बिग्रिएको कालोपत्रे बाटो, मनसुनले भिजेका राजमार्ग तथा उच्च पहाडी भेगका उकालो र घुमाउरा सडकमा गरी ८ लाख किलोमिटरभन्दा बढी दूरीमा परीक्षण गरिएको बताइएको छ।

यस परीक्षणले गाडीको स्थिरता, आवश्यक पर्दा उपलब्ध हुने टर्क र कठिन भू–भागमा पनि आत्मविश्वासका साथ अघि बढ्ने क्षमतालाई अझ बलियो बनाएको कम्पनीको दाबी छ।

कायलाकलाई फरक बनाउने पक्ष यसको कडा परीक्षण मात्र होइन, त्यस पछाडिको इन्जिनियरिङ दर्शन पनि हो।

स्कोडाको कठोर इन्जिनियरिङ मापदण्डअनुसार तयार गरिएको यो एसयूभी वास्तविक सडक अवस्थालाई ध्यानमा राखेर बनाइएको प्लेटफर्ममा आधारित छ, जहाँ एउटै यात्रामा चिल्लो सडकदेखि असजिलो पहाडी बाटोसम्म भेटिन सक्छ।

चेसिसको मजबुती, स्टेयरिङको रेस्पोन्स र सस्पेन्सन सेटअप उच्च उचाइ, भारी लोड र दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

चर्को घाम, धुलो, तीव्र उकालो तथा निरन्तर प्रयोग जस्ता चुनौतीपूर्ण अवस्थालाई सहज रूपमा सामना गर्न सक्ने गरी यो गाडी निर्माण गरिएको कम्पनीले जनाएको छ।

कायलाकको यात्रामा नेपालको भूमिका पनि विशेष रहेको छ।

कायलाक आयात गर्ने पहिलो देशमध्ये नेपाल एक भएकाले यहाँका उकालो, घुमाउरा सडक, बदलिँदो मौसम र मिश्रित सडक सतहले यसको वास्तविक क्षमता देखाउने अवसर दिने बताइएको छ।

यसमा रहेको टर्बोचार्ज्ड इन्जिनले कम आरपीएममै बलियो टर्क प्रदान गर्दै उकालोमा सहज तान्ने क्षमता, सुरक्षित ओभरटेक र आत्मविश्वासपूर्ण नियन्त्रण दिन्छ।

पावरका साथै कायलाकमा ठूलो बुट स्पेस, सन्तुलित सस्पेन्सन र लामो यात्रामा स्थिरता प्रदान गर्ने विशेषता पनि छन्।

यसका सबै पक्षहरू सूक्ष्म रूपमा समायोजन गरिएकाले यसले भरपर्दो, सहज र सक्षम सवारी अनुभव दिने कम्पनीको दाबी छ।

आज धेरै गाडीहरू ठूला स्क्रिन र आकर्षक फिचरमा केन्द्रित भइरहेका बेला कायलाक भने आफ्नो वास्तविक ताकत, मजबुती, कडा परीक्षण र दीर्घकालीन टिकाउपनका कारण फरक देखिन्छ।

धेरै ग्राहकका लागि यसले “रियल गाडी”ले दिने शक्ति र भरोसायोग्य गुणस्तरको अनुभव पुनः सम्झाउने प्रयास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *