चितवनमा खुला रक्तदान कार्यक्रम

चितवन अटोमोबाइल्स एशोसिएसनको ३३औँ स्थापना दिवसको अवसरमा “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने नारासहित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

यो कार्यक्रम चितवन अटोमोबाइल्स एशोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा गरिएको हो।

कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए, जसमा ६ जना महिला सहभागी थिए।

संस्थाका अध्यक्ष मोहन केसी र कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो भने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरिञ्जिवी सुवेदी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, सल्लाहकार समिति, अटोमोबाइल्स व्यवसायी संघ तथा डिलर्स एशोसिएसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष मोहन केसीले संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा सदस्यहरूलाई धन्यवाद दिँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रमुख अतिथिले स्वयं रक्तदान गर्दै मानव सेवामा सहकार्य गर्नुपर्ने सन्देश दिएका थिए।

कार्यक्रममा मनकामना हस्पिटल प्रा.लि.ले निःशुल्क कोलेस्ट्रोल जाँच सेवा पनि उपलब्ध गराएको थियो।

कार्यक्रमको संयोजन दोस्रो उपाध्यक्ष सुमन बर्तौलाले गरेका थिए भने सञ्चालन सचिव पूर्णभद्र सापकोटाले गरेका थिए।

सहयोग गर्ने सिद्दिविनायक इन्टरप्राइजेज, एभ्रिडे सपिङ सेन्टर र मनकामना हस्पिटलप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *