Skip to content
Mumbai–Pune Expressway मा ३३ घण्टासम्म भएको भीषण ट्राफिक जामपछि सरकारले प्रभावित सवारीधनीलाई टोल शुल्क फिर्ता गर्ने निर्णय गरेको छ।
जामका कारण एक लाखभन्दा बढी सवारी साधन लामो समयसम्म सडकमै रोकिएका थिए, जसले यात्रुहरूलाई ठूलो सास्ती खेप्नुपरेको थियो।
घटनापछि सम्बन्धित निकायले करिब ५.१६ करोड भारतीय रुपैयाँ बराबरको टोल रकम फिर्ता गर्ने घोषणा गरेको हो।
फिर्ता रकम सिधै सवारी साधनमा प्रयोग हुने फास्ट्याग खातामै जम्मा गरिनेछ र यसका लागि छुट्टै निवेदन दिनु नपर्ने बताइएको छ।
Mumbai र Pune जोड्ने यो द्रुतमार्गमा ग्यास ट्यांकर दुर्घटना भएपछि सडक अवरुद्ध भएको थियो, जसका कारण लामो समयसम्म यातायात ठप्प बनेको थियो।
लामो जाम र यात्रुहरूको गुनासोपछि सरकारले राहतस्वरूप टोल रकम फिर्ता गर्ने निर्णय लिएको जनाएको छ।
Post Views: 65