यामाहा ब्लु स्ट्रिक्स राइड सम्पन्न

यामाहा नेपालले ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।

यो कार्यक्रम १४ फेब्रुअरी मा सम्पन्न भएको र ३५ जना यामाहा राइडर सहभागी भएका थिए।

राइड यामाहा नक्साल शोरुमबाट सुरु भई जर्सिङपौवा तर्फ गई रमाइलो यात्रा गरिएको थियो।

कार्यक्रममा यामाहा MT-15 र R15 मोडलका राइडरहरू सहभागी भई नेपालमा बढ्दो राइडिङ समुदायको झल्को देखाइएको थियो।

विशेष पाहुनाको रूपमा रेस नारी २०२५ विजेता वर्षा बस्नेत र नेपाल रोड रेसिङ च्याम्पियन हरि पौडेल उपस्थित थिए।

उनीहरूले आफ्नो अनुभव साटासाट गर्दै सुरक्षित र जिम्मेवार राइडिङका बारेमा सुझाव दिएका थिए।

कार्यक्रमले सहभागीहरूलाई मोटरसाइकल नियन्त्रण, सुरक्षा र आत्मविश्वास बढाउने मौका दिएको थियो।

यामाहा ब्लु स्ट्रिक्स यामाहा बाइक राइडरहरूलाई जोड्ने राइडिङ समुदाय हो र यसले नियमित रूपमा सामुदायिक कार्यक्रमहरू चलाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *