भारतको Jharkhand राज्यमा एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा बिरामी, चिकित्सक र चालकदलका सदस्यसहित सबै सात जनाको ज्यान गएको छ।
Ranchi बाट बिरामी लिएर Delhi जाँदै गरेको विमान प्राविधिक समस्या आएको आशंकामा दुर्घटनामा परेको बताइएको छ।
राँची विमानस्थलका निर्देशक विनोद कुमारका अनुसार विमान सिमरिया नजिक खसेको हो।
विमानमा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, ४१ वर्षीय बिरामी सञ्जय कुमार, उनकी पत्नी अर्चना देवी, सहयोगी धुरु कुमार, डा. विकास कुमार गुप्ता र प्यारामेडिकल कर्मचारी सचिन कुमार मिश्रा सवार थिए।
राँचीस्थित देवकमल अस्पतालका सीईओ अनन्त सिन्हाले ६५ प्रतिशत जलेका सञ्जय कुमारलाई थप उपचारका लागि दिल्ली लैजान एयर एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिएका छन्।
विमान सोमबार साँझ करिब ७:१० बजे उडेको र ७:३४ बजे कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो, त्यसपछि खोज तथा उद्धार टोली परिचालन गरिएको थियो।
स्थानीय बासिन्दाले सिमरिया क्षेत्रको घना जंगलमा विमान खसेको जानकारी दिएपछि प्रहरी र उद्धार टोली घटनास्थल पुगेका थिए।
ग्रामीणले मोबाइलको बत्तीको सहायताले पहिलो पटक दुर्घटनास्थल पत्ता लगाएका थिए।
भारतमा एक महिनाभित्र चार्टर्ड विमान दुर्घटनाको यो दोस्रो घटना हो।
यसअघि भएको दुर्घटनामा Ajit Pawar को ज्यान गएको थियो।