Skip to content
चिनियाँ अटोमोबाइल कम्पनी Geely Auto Group को EX5 इलेक्ट्रिक SUV मा अब Apple CarPlay र Android Auto कनेक्टिभिटी सुविधा नेपालमा उपलब्ध गरिएको छ।
यो सुविधा समायोजनले EX5 को डिजिटल सिस्टमलाई अझ बलियो बनाउने र स्मार्टफोनसँग सहज जोडेर ड्राइभिङ अनुभवलाई सुधार्ने लक्ष्य राखेको हो।
अब चालकले फोन समात्न नपरी भ्वाइस कमाण्डमार्फत कल, सन्देश र नेभिगेसन प्रयोग गर्न सक्ने सुविधा आएको छ।
यो कनेक्टिभिटी स्मार्टफोन इन्टरफेसलाई गाडीको डिस्प्लेमा देखाइने गरी ठूलो आइकन र सहज लेआउटमार्फत उपलब्ध हुनेछ।
नेपालका लागि आधिकारिक वितरक LRR Motors Pvt. Ltd. ले EX5 का सबै बिक्री भएका गाडीमा यो सुविधा अपग्रेडमार्फत सजिलै इन्स्टल गरिदैँछ।
यी प्राविधिक सुधारले EX5लाई नेपालमा बढ्दो इलेक्ट्रिक सवारी बजारमा प्राविधिक रूपमा प्रतिस्पर्धी SUV बनाएको छ।
Post Views: 205