नेपालमा विद्युतीय सवारी साधनको बजार विस्तार भइरहँदा LRR Motors ले अत्याधुनिक प्रविधियुक्त Geely EX5 को Pro र Max भेरियन्टहरू औपचारिक रूपमा बिक्री सुरु गरेको छ।
चिनियाँ कम्पनी जिलीले विकास गरेको नयाँ “Short Blade” लिथियम आइरन फोस्फेट (LFP) ब्याट्री यस गाडीको मुख्य विशेषता हो, जसले सुरक्षा र टिकाउपनमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ।
यो ब्याट्री विश्वकै पहिलो वाटर-प्रूफ, फायर-प्रूफ र बुलेट-प्रूफ ब्याट्रीका रूपमा चिनिएको छ।
परीक्षणका क्रममा यसमा ५.८ मिमि राइफलको गोली प्रहार गर्दा र एकैसाथ आठवटा सुईले छेडेर हेर्दा पनि कुनै क्षति नभएको पाइएको छ।
समुद्री पानीमा डुबाउँदा, अत्यधिक चिसोमा राख्दा र आगोमा पोल्दा समेत यसले आफ्नो कार्यक्षमता सुरक्षित राख्न सफल भएको छ।
कार्यक्षमताको हिसाबले यो ब्याट्री ३,५०० चार्जिङ साइकल पूरा गर्न सक्षम छ।
यसको ब्याट्री क्षमता १० लाख किलोमिटर गुड्न सक्ने र ५० वर्षसम्मको सेवा जीवन (Service Life) दिने गरी डिजाइन गरिएको छ।
नेपालको चिसो मौसमलाई मध्यनजर गर्दै यसलाई -३०°C तापक्रममा पनि ९०.५४% क्षमता कायम राख्न सक्ने गरी तयार पारिएको छ।
Geely EX5 मा १६० किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ, जसले मात्र ६.९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्छ।
यसलाई १०० किलोवाटको DC फास्ट चार्जरले १० देखि ८० प्रतिशतसम्म केवल २० मिनेटमा चार्ज गर्न सकिन्छ।
नेपालको कठिन र असमतल सडकमा ब्याट्रीलाई सुरक्षित राख्न यसमा रिइन्फोर्स्ड ग्रिड-फ्रेम र तीन तहको तल्लो गार्ड प्लेट प्रयोग गरिएको छ।
उत्कृष्ट सुरक्षा, लामो आयु र तीव्र चार्जिङ सुविधाका कारण Geely EX5 अहिले नेपाली बजारमा सबैभन्दा भरपर्दो र सुरक्षित EV SUV को रूपमा स्थापित भएको छ।